सुदूरपश्चिमबाट मौसम बदली शुरू, चिसो बढ्न थाल्यो

 पुष ९, २०८१ मंगलबार ६:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने सबैतिर देखिने उहाँले बताउनुभयो ।

भोलिदेखी प्रणाली केही कमजोर हुँदै जाने लामिछानेले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा सामान्य वर्षा हुनसक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार अहिले रहेको पश्चिमी वायुको प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पर्नेछ । मौसममा बदली भएसँगै पुनःचिसो बढ्न पश्चिम नेपालबाट शुरू भएको छ ।

गएको मङ्सिर अन्तिम हप्ता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकाेमा हिजोदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गर्नुभयो ।   

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया