नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ओमान सरकारका प्रतिनिधिसँग त्यहाँ रहेका नेपालीको बारेमा जानकारी लिनुभएको छ ।
खाडीका क्षेत्रमा कार्यरत नेपालीको अवस्था बुझ्न खाडी देशका सरकार प्रतिनिधिसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले बुधबार ओमानका हिज आइनेस शैयद फहाद वीन महमुद अल सइदसँग कुराकानी गर्नुभएको हो ।
कुराकानीका क्रममा ओमान सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षा र सहयोग रहिरहने निश्चिन्त पारेको प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर ह्ण्डलमार्फत जानकारी दिनुभएको छ ।
नेपालीहरु इमान्दार र परिश्रमीको रुपमा ओमानको विश्वास जितेको जानकारी पाएको भन्दै प्रधानमन्त्री ओलीले खुसी पनि व्यक्त गर्नुभएको छ ।
ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।
— K P Sharma Oli (@kpsharmaoli) April 8, 2020
कोरोना भाइरसका कारण खाडीमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे चासो राख्दै यसअघि प्रधानमन्त्री ओलीले बहराइन, कुवेत र यूएई सरकारका प्रतिनिधिसँग कुराकानी गर्नुभएको थियो । यी देशले यो अप्ठेरो परिस्थितीमा नेपालीको सुरक्षा र उपचारमा कमी हुन नदिने बताएका छन् ।