नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – यूएईको आबुधाबीमा रहेका कम्पनीहरुले आफ्ना श्रमिक त्यहाँबाट बाहिर पठाउन नपाउने भएका छन् ।
कोरोना सङ्क्रमणको जोखिमलाई रोक्न यो नियम लागू गरिएको अबुधाबीमा रहेको आर्थिक विकास विभागलाई उद्धृत गदै त्यहाँको स्थानीय पत्रिका गल्फ न्यूजले लेखेको छ ।
नियमको पालना नगरेमा तीनदेखि १० हजार दिर्हामसम्म जरिबाना हुने साथै कम्पनी पनि बन्द हुन सक्ने विभागका प्रवक्ताले बताएका छन् ।
श्रमिकहरु एउटै ठाउँमा भइरहे कोभिड १९ को सङ्क्रमणलाई रोक्न सकिने, तर कामदारलाई आफ्ना ‘वर्कसाइट’ ९कार्यस्थल० तथा अन्य ठाउँतिर पठाउँदा सङ्क्रमणलाई नियन्त्रण गर्न चुनौतीपूर्ण हुने उनले बताएका छन् ।
यस्तै यूएईका अरु प्रान्तबाट आबुधाबीमा श्रमिकलाई प्रवेशमा पनि विभागले रोक लगाएको छ ।
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |