धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – गएको शुक्रबार साँझ गोरखाका कलिम मियाँको आँखा जिल्ला प्रशासन कार्यलय गोरखाले जारी गरेको सूचनामा पर्यो । सूचना थियो – यूएईबाट स्वदेश फर्कर्ने गोरखा जिल्लाका नागरिकको सूची । जुन सूचीमा कलिमको पनि नाम थियो ।
यूएईको सारजहामा बसेर घर पुगेको स्रचना हेर्दै गर्दा एकछिन त कलिमको दिमाग घुम्यो । यूएईमा घर फर्कने आशैआशमा निराश भएको मानिसलाई जहाजले नभए पनि सरकारको सूचीमै भए पनि घर पुगियो । तर मनमनै रीस पनि उठ्यो कलिमलाई ।
‘महिनौंदेखि उद्धारको पर्खाइमा बसेका हामीलाई तपाईँहरु प्राथमिकतामा हुनुहुन्छ भन्ने, अनि घर फर्कने चाहिँ अरु नै, नाम चाहिँ आफू घर पुगिसकेको सूचीमा,’ कलिम भन्नुहुन्छ, ‘कसको कमजोरीले यस्तो भएको हो ? म सारजहामै छु कसरी घर पुगें ? मलाई जवाफ चाहियो ?’
हुन त कलिम शुक्रबार बिहान यूएईबाट नेपाली लिएर काठमाण्डौका लागि जहाज उड्यो भन्ने खबर सुनेदेखि नै छाँगाबाट खसेझैं हुनुभएको थियो । किनकी यूएईबाट उड्ने पहिलो जहाजमा आफू पनि उड्ने आशमा हुनुहुन्थ्यो कलिम । दूतावासले पनि त्यही अनुसारको आश्वासन दिएको थियो ।
‘कम्पनीमा समस्या भएपछि दूतावासले तपाईँहरु नै सबैभन्दा पहिला जानुहुन्छ, प्राथमिकतामा राखेका छौं भन्नुभयो, तर को प्राथमिकतामा थिए, को गए, मलाई त जहाज नेपाल उडिसक्यो भनेको सुन्दा सपनाझैं लागेको थियो,’ कलिम गुनासो गर्नुहुन्छ ।
लामो पर्खाईपछि घर जाने आशमा रहेका धेरैलाई दूतावासले शुक्रबार फर्कन पाउने बताएको थियो । तर आफूलाई लिएर जाने भनेको जहाज अरुलाई नै लिएर उडेको सुनेपछि उनीहरु यसैगरी दुःखी भए ।
अझ घर आउँदै नआएको मानिसलाई आफ्नै जिल्ला प्रशासनले फर्कनेको सूचीमा राखेको छ । गोरखाका कलिम मियाँ वैदेशिक रोजगारीको सिलसिलामा सारजाहमा रहेको इमिरेट्स क्याब कम्पनीमा आउनुभएको थियो ।
तर यूएई आएपछि उहाँले कम्पनीमा भनेको काम पाउनुभएन । अरु काम गर्न मनले मानेन भन्नुहुन्छ उहाँ । काम नभएपछि कमाइ पनि भएन । त्यसपछि उहाँले घर फर्किने भनेर टिकट काट्नुभयो । घर फर्किने दिन नजिकिदै थियो, लकडाउन भयो । उहाँको नेपाल यात्रा रोकियो ।
उहाँ जस्तै अरु ३२ जना नेपालीले पनि यही समस्या भागिरहेका इमिरेट्स क्याब कम्पनीमा। यही टोलीले लकडाउनको केही दिनपछि नेपाल फर्किने मागसहित दूतावासमा धर्ना पनि दिएको थियो । त्यसपछि दूतावासले शेल्टरको व्यवस्था मिलाइदियो । तर त्यो सेल्टर अन्त नभएर उनीहरुले छाडेको कम्पनीको क्याम्प नै थियो ।
उहाँहरुले बताए अनुसार कम्पनीले कहिले ग्याँस बन्द गरिदिने, कहिले बिजुली बन्द गरिदिने गरेको छ । आफ्ना कामदार होइनन् भन्ने व्यवहार गरिरहेको छ । हातमा राहदानी र लकडाउन पहिले नेपाल जान भनेर काटेको टिकट पनि छ ।
तर उहाँहरु सबैजना नेपाल फर्किन पाउनुभएको छैन । जबकी दूतावासमा धर्ना दिन बसेको बेला पहिलो प्राथमिकतामा राखेर नेपाल पठाउने छौँ भन्दै दूतावासको स्ट्याम्पसहित उहाँहरुलाई पत्र लेखेर दिएको छ ।
अहिले उहाँहरु सबैजना कम्पनीको क्याम्पमै बसे पनि खाद्यान्न एनआरएनएले सहयोग गर्दै आएको छ ।
कलिमले जस्तै समस्या भोग्नुभएको छ, झापाकी पूजा धिमालले पनि । पूजा पाँच महिनाकी गर्भवती हुनुहुन्छ । सात महिना पहिले बिदामा नेपाल आएर पूजाले विवाह गर्नुभयो । श्रीमानलाई नेपालमै छोडेर दुई महिनापछि यूएई नै फर्कनुभयो ।
‘नेपालबाट आउदा यस्तो होला भन्ने सोचेको थिइनँ, यहाँ आएपछि मात्रै गर्भ रहेको थाहा पाएँ, अब फर्कन पाउँछु कि पाउँदिन अहिले त आशै मरिसक्यो,’ पूजा दुखेसो गर्नुहुन्छ ।
गर्भवती हुँदा कम्पनीको काम सजिलै गर्न सक्ने कुरै भएन । काम गर्न गाह्रो हुन थालेपछि उहाँले यसअघि नै कम्पनीसँग सल्लाह गरेर भिसा रद्द गर्नुभयो । घर फर्कने प्रक्रिया थाल्नुभयो । उहाँले घर फर्कने प्रक्रिया थाल्दा नेपालले अन्तर्राष्ट्रिय उडान रोकिदियो । सरकारले उडान रोकेपछि पूजा यूएईमै रोकिनुभयो ।
कम्पनीमा भिसा रद्द भईसकेको छ । परदेशको ठाउँ । गर्भवती ज्यान । पलपल तड्पिंदै दिन बिताउन पर्यो । आफ्नो समस्यासहित दूतावासमा सम्पर्क त गर्नुभयो । ‘पहिलो प्राथमिकतामा पठाउने भनेको थियो दूतावासले । तर खै के भयो भयो’ पूजा भन्नुहुन्छ, ‘अस्ति पैसा हुने र कम्पनीले सबै जिम्मेवारी लिएकालाई लिएर जहाज गयो, अब हामीजस्ताको पालो कहिले आउला खै ?’
गएको बिहीबार एअर अरबियाकाले एजेण्ट हुँ भन्दै उहाँलाई नयाँ नम्बरबाट फोन आयो । एजेण्टले पूजालाई नेपाल जाने भए एक्स्चेन्ज अथवा एयर अरबियाको काउण्टरमै गएर पैसा जम्मा गर्न भने ।
‘नचिनेको मान्छेको कुरा कसरी पत्याउनु, म त दूतावासको फोन आउँछ भन्ने सोचेर बसेकी थिएँ,’ पुजा भन्नुहुन्छ, ‘पत्याएकै भए पनि काम नगरेको चार महिना भयो, मसँग टिकट काट्ने पैसा छैन, म कसरी जानु ?’
शुक्रबार पूजाले पनि नेपाली लिएर जहाज गयो भन्ने खबर सुन्नुभयो । यो खबरले खुशीभन्दा पनि पीडा दियो ।
दूतावासले गर्भवती, सिकिस्त बिरामी भएकाहरुलाई नेपाल फर्किनेको सूचीमा पहिलो प्राथमिकता दिएको थियो । यस्तै लामो समयदेखि बेरोजगार बसेका कलिम मियाँजस्तै समस्या भोगिरहेकाहरुलाई पहिले पठाउने भनेर दूतावासले भनेको थियो ।
तर सूचस्मा परे पनि जान नपाएका कलिम मियाँ र पूजा धिमालको जस्तै अवस्था छ रमेश ढुंगानाको पनि । यूएईबाट नेपाल फर्कनेको सूचीमा आफ्नो नाम पहिले नै आउँछ भनेर ढुक्क हुनुभएका रमेशको कानमा पनि अरु नै नेपाली लिएर जहाज नेपाल गएको खबर मात्रै पर्यो ।
‘म त घर जान पाइने भयो भनेर तयार थिएँ, तर शुक्रबार अबेर पो नेपालीलाई लिएर जहाज त उडिसकेछ भन्ने थाहा पाएँ,’ रमेश सोध्नुहुन्छ, ‘हाम्रो पालो कहिले आउला त ?’
यूएईबाट स्वदेश फर्कनको लागि १८ हजार नेपालीले दूतावासमा फारम भरेका छन् । दूतावासले फारम भरेकामध्ये सरकारले तोकेको प्राथमिकताको आधारमा सूची बनायो र त्यही सूची परराष्ट्रलाई पठायो ।
पहिलो प्राथमिकतामा परेका नेपालीको सूची परराष्ट्र मन्त्रालयले यूएईलाई पठायो । यूएईले सुरुमा आफ्नै खर्चमा पठाउने पठाउने भन्ने नोट लेख्यो र नेपालबाट त्यही अनुसारको अनुमति लिइयो ।
दूतावास स्रोतका अनुसार यूएईले सुरुमा श्रमिकलाई निःशुल्क नेपालसम्म पुर्याइदिने भनेर अनुमति लिएको हो । दूतावासलाई प्राप्त नोटमा पनि निःशुलल्कै पुर्याइदिने कुरा उल्लेख छ । तर अन्तिम समयमा यूएइले कुरा फेर्दा समस्या भएको दूतावासको भनाइ छ ।
यूएईमा रहेको नेपाली दूतावासलाई पनि त्यही जानकारी गयो । तर बिहीबार राती यूएईको समय अनुसार ८ बजे मात्रै यूएईले निःशुल्क नपठाउने, टिकट भएकालाई मात्रै पठाउने भन्ने जानकारी दूतावासलाई प्राप्त भयो ।
दूतावासले प्राथमिकताको आधारमा अति नै समस्यामा परेका, बिरामी, गर्भवती लगायतको सूची तयार पारेको थियो । त्यही सूचीमा पर्नुभएको थियो, कलिम मियाँ, पूजा धिमाल र रमेश ढुंगाना पनि । तर यूएईले सरकारले निःशुल्क नेपालीलाई नपठाउने र टिकट भएकालाई मात्र पठाउने भनेपछि दूतावासको तयारी र यूएईको तयारीबीच फरक पर्न गयो ।
दूतावास स्रोतका अनुसार यूएईले सुरुमा श्रमिकलाई निःशुल्क नेपालसम्म पुर्याइदिने भनेर अनुमति लिएको हो । दूतावासलाई प्राप्त नोटमा पनि निःशुल्कै पुर्याइदिने कुरा उल्लेख छ । तर अन्तिम समयमा यूएइले कुरा फेर्दा समस्या भएको दूतावासको भनाइ छ ।
दूतावासले सुरुमा नेपाल फर्कन चाहने र सरकारको प्राथमिकताको आधारमा सूची पठाए पनि सबै प्रदेशमा क्वरेण्टीन नबनेको भनेपछि प्रदेशस्तरका श्रमिकको नाम छनोट गरियो । जसअनुसार प्रदेश १ र गण्डकी प्रदेशकालाई पहिले लैजाने तयारी पनि भइरहेको थियो ।
तर दूतावासको सूची एकातिर, परराष्ट्रको सूची अर्कोतिर र यूएईको नोट अर्कोतिर हुँदा प्राथमिकतामा परेका नेपाली आउन पाएनन् । काम नभएर बेतलबी बिदामा बसेका नेपालीलाई कम्पनीले समन्वय गरेर नेपाल पठाइदियो । साथमा पैसा नहुने र सरकारको सहयोग कुरिरहेका कलिम, पुजा र रमेशजस्ता थुप्रै नेपाली यूएईमै छुटे ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
Sunil pahari
June 9, 2020, 6 p.m.मेरो नाम सुनिल पहरी हो, हाल म दुबईको alquz भन्ने ठाउँमा छु / दुबइमा बस्नको लागि धेरै गाह्रो छ ..अहिले कुनै सुरक्षा छैन ..यहाँ बस्न कठीन छ र मेरो घरमा पनि पारिवारिक झमेला धेरै भैरहेको छ /हाल मेरो घरमा धेरै दिनदेखि बुवा पनि बिरामी हुनहुन्छ , त्यसैले म नेपाल जान चाहन्छु , बरु म आफै टिकट किन्छु जसरी भए पनि मलाई नेपाल झिकाईदिनुस , मेरो मोवाइल नम्वर 0505723592.
Bhuwan nepali
June 8, 2020, 2:47 p.m.सरकार रुनु कि हाँस्नु भयो जीवन ....म भिजिट भीसामा आएको नै ६ महिना भन्दा बढी भयो..उद्धार पनि भएन ...सडकमा जीवन काटेको छु / निकै बेसहारा भएको छु ...धेरै इमेल गरें ...जवाफ पनि आएन ...न फोन नै लाग्छ ...न कल आउँछ ..... अब हामी पैसा नहुनेको उद्दार नहुने हो सरकार ! दुतावासमा जान पनि अबुधावी बन्द गरेको छ , सडकमा बसेको छु ...सकेसम्म छिटो उद्दार गरिदिनहुन आग्रह गर्दछु ....भुवन नेपाली, दुवई 0552762476