धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – आज कुवेत, बंगलादेशको ढाका, थाइल्याण्ड र सिंगापुरबाट त्यहाँ समस्यामा परेका नेपालीहरु स्वदेश फर्कने भएका छन् ।
कुवेतबाट जजिरा एअरमार्फत १६८ जना, बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सिंगापुरबाट कति नेपाली फर्कन्छन् भन्ने विवरण आइसकेको छैन ।
कुवेतबाट १६८ जना लिएर जजिरा एअर दिउँसोको २ बजेसम्म आइपुग्ने छ भने ढाकाबाट पनि हिमालय एअरलाइन्स दिउँसो १ देखि २ बजेसम्ममा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । बैंङ्ककबाट पनि २५० नेपाली लिएर नेपाल एअरलाइन्स राति आइपुग्ने प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
सिंङ्गुरबाट भने कतिबेला जहाज आइपूग्छ भन्ने यकिन भएको छैन । हिमालय एअर केही समयअघि उडेको छ । सरकारले विभिन्न ३० देशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । कुवेतबाट भने त्यहाँ आममाफी सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले नेपालसम्म निःशुल्क ल्याइदिएको हो ।
यसअघि पनि ४४९ जना कुवेतबाट फर्किसकेका छन् भने बंगलादेशबाट गएको शुक्रबार २५८ जना नेपाल फर्केका छन् । यस्तै मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, यूएईबाट १६९ जना, जापानबाट १३ जना , अस्ट्रेलियाबाट ११ जना, अफगानिस्थानबाट १८ जना र असार १ गते ओमानबाट १६६ नेपालीहरु स्वदेश फर्किएका छन् ।