भिजिट भिसामा युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

 वैशाख ९, २०७८ बिहीबार १८:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै –  युरोप पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

युरोप पठाइदिन्छु भन्दै १९ लाख बढी रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका ३ घर भइ काठमाण्डाै महानगरपालिका - १६ नयाँ बजार बस्ने ३६ वर्षीय भरतप्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे।

राई ग्राण्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक हुन् । युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिसामा पठाइदिने भन्दै उनले धेरैलाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ । भिजिटमा जानकाे लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिएर पछि सम्पर्क विहीन भएका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीकाे टाेलीले पक्राउ गरेको हाे । राईलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डाै पठाइएको अपराध महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया