एनआरटीलाई हराउँदै चर्च ब्वाइजलाई झापा कप फुटबलको उपाधि
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ ।
मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने बताउनुभएको छ ।
उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गर्नुभएको छ ।
त्रिलोचन देवकोटा
May 1, 2021, 8:07 a.m.गरीब मजदुर वर्ग का लागी खुलेर नीति नियम बनाउनुस प्रधानमन्त्री ज्यु यसैमा भलो छ सरकार र नेपाली जनता को। लमही दाङ्ग बाट