लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कोरोना महामारीका कारण उडानहरू बन्द हुँदा तपाईँलाई समस्या परेको छ ? या वैदेशिक रोजगारी सम्बन्धी अरू कुनै प्रश्न र जिज्ञासा छन् । यदि छन् भने तपाईँले अब आफ्नै जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रहरूमा फोन गरेर आफ्नो समस्या, प्रश्न र जिज्ञासा राख्न सक्नुहुन्छ ।
अहिले कोरोना महामारीका कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको छ । अत्यावश्यक बाहेक सरकारी कार्यालयहरू पनि बन्द छन् । तर यही अप्ठेरो अवस्थामा देशका विभिन्न जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रहरूले विदेशमा समस्यामा परेकाहरूको प्रश्न जिज्ञासा र समस्या फोनमार्फत सुन्ने र समस्या समाधानका लागि सहजीकरण गरिरहेका छन् ।
आप्रवासी स्रोत केन्द्र प्रदेश नम्बर १ मा भोजपुर, इलाम, झापा खोटाङ, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सञ्चालनमा छ ।
यस्तै प्रदेश नम्बर २ मा धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट र सर्लाहीमा, बाग्मती प्रदेशमा चितवन, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुलीमा, गण्डकी प्रदेशमा बागलुङ, गोरखा, स्याङ्जा, कास्की र तनहुँमा आप्रवासी स्रोत केन्द्रहरू छन् । यस्तै लुम्बिनी प्रदेशमा बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिममा, कर्णाली प्रदेशमा सल्यान र रोल्पामा र सुदूरपश्चिम प्रदेशमा कैलालीमा रहेका छन् ।
यी जिल्लाबाट वैदेशिक रोजगारीमा जानुभएका तपाईँले आफ्नो परिवारका सदस्य या आफैँले पनि फोनमार्फत यो अप्ठेरो परिस्थितिमा पनि सहयोग माग्न सक्नुहुन्छ । आप्रवासी स्रोत केन्द्रले तपाईँको समस्या अनुसार सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्नेछन् ।
यस्तै स्रोत केन्द्रहरू सञ्चालनमा नभएका जिल्लाका व्यक्तिहरूले वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा फोन गरेर पनि आफ्नो समस्या राख्न सक्नुहुन्छ ।
कल सेन्टरमा निःशुल्क नेपाल टेलिकमका नम्बरहरूबाट ११४१ नम्बरमा अथवा १६६०००१५०००५ मा र विदेशबाट सः शुल्क ९७७ १५९७००८ नम्बरमा र भाइवरमार्फत ९७७९८०१८०००१३ नम्बरमा फोन गर्न सकिन्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महामारीको समयमा विदेशमा समस्यामा पर्ने श्रमिकको समस्या सुन्न र त्यसको समाधान गर्नका लागि छुट्टै संयन्त्र पनि बनाएको छ । जसले श्रमिकको समस्या सुन्ने र उद्धारको काम पनि गर्छ । तपाईँका समस्या भने यो संयन्त्रसम्म कल सेन्टरले नै पुर्याउने मन्त्रालयले जनाएको छ ।