डोल्पाकाे शे–फोक्सुण्डो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो
मंसिर १२, २०८१ बुधबार
श्रीमान दुवई गएको तीन वर्ष भयो । एक पटक बिदामा आएर फेरि पनि जानुभएको छ । यहाँ छोरी र म मात्रै छौं । अहिले मैले घरमै किराना पसल चलाइरहेको छु । श्रीमान गएको अढाई वर्ष भइसक्दा पनि मलाई यो पसल चलाउने सोच थिएन ।
उहाँले पठाइदिएकै पैसाले घर खर्च चलाउथें । तर गाउँमा विदेश जाने परिवारका सदस्यलाई वित्तीय साक्षरता कक्षा दिने भन्ने थाहा पाएपछि त्यसमा बसें । कक्षामा बसेपछि विदेश गएका मान्छेका परिवारले उनीहरुले पठाएको पैसा खर्च गर्नुभन्दा पनि बचाउनुपर्ने रहेछ भन्ने थाहा पाएँ । बचाउनलाई केही न केही काम गर्नुपर्ने रहेछ भन्ने बुझें ।
पढाउने म्याडमले सुरु नै देखि केही न केही गर्नुपर्छ अनि गर्न सकिन्छ भन्नुहुन्थ्यो । तर तीन चार हप्ता पढिसकेपछि चाहिँ मैले पनि गर्न सक्छु भन्ने आँट आयो । त्यसपछि मैले फागुनबाट पसल सुरु गरें ।
हुन त धेरै वटा पाठ अनि कथाहरु पढ्यौं हामीले कक्षामा । तर ती पाठहरु मध्ये मुसाको कथाले चाहिँ मन छोयो । त्यो कथामा मुसाले आफूलाई वर्षभरी खान चाहिने अन्न जोहो गरेर राख्छ भन्ने छ । सधैं धान फल्दैन ।
धान फलेको बेलामा मुसाले उसलाई चाहिने धानको जोहा गर्छ । मुसाले त त्यसो गर्न सक्छ भने मान्छेले पनि सकिन्छ भन्ने लाग्यो । मान्छेले पनि कमाएको बेलामा बचाउनु पर्ने रहेछ भन्ने सिकें ।
जोगाउनलाई श्रीमानले विदेशबाट पठाएको पैसा खर्च गर्नु हुँदैन भन्ने बुझें अनि मैले पसल सुरु गरें । अहिले पसलबाट हुने आम्दानीले घर खर्च चलेको छ । अनि श्रीमानले विदेशबाट पठाएको पैसा जोगाएको छु ।
कक्षामा बसेपछि गर्दा हुने रहेछ भन्ने थाहा पाएँ तर लगानी गर्न पैसा थिएन । त्यसपछि चाहिँ उहाँले पठाएको पैसाबाट थोरै थोरै यो पसल सुरु गर्न भनेर छुट्याएँ अनि सुरु गरें ।
सुरुमा २० हजार लगानी गरें । थोरै थोरै तर किराना पसलमा हुने प्राय सामान राखें । पछिपछि बढाउँदै लगें । अहिले त यो पसलमै डेढ लाख जतिको पुगिसकेको छ । लगानी बढाएपछि आम्दानी पनि बढ्छ । धेरै त हुँदैन तर घरको नुन भुटुनका लागि अरु पैसा चलाउनु परेको छैन । यसरी जोगाएको देखेर गाउँलेहरुले पनि राम्रो भन्छन् । खुशी लाग्छ ।
मैले किराना पसल सुरु गरें । साथीहरु कसैले चटपटे बेच्नुभएको छ । कसैले पानीपुरी बेच्नुहुन्छ । हेर्दा सानो लाग्ने यस्ता कामबाट घर चलाउन सकिने रहेछ । वित्तीय साक्षरता कक्षामा नबसेसम्म त हामीले पनि यस्ता कुरा बुझेका थिएनौं । तर बुझेर आफैं गर्न थालेपछि हो रैछ भन्ने थाहा पायौं ।
(मोहन पौडेलसँगको कुराकानीमा आधारित)