चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
विभिन्न देशहरूमा पछिल्लो समय कोरोना सङ्क्रमण दर पुनः बढेको छ ।
कोरोना सङ्क्रमित बढ्दा हामी परदेशीको मुटुको धड्कन पनि बढ्न थालेको छ । मन यही डर छ कि पहिलेजस्तै अवस्था आउने त होइन ?
गएको वर्ष के मात्र भोग्न परेन । पहिलो लहरबाट बचेर आफ्नो देश फर्कँदा भोगको पीडाहरू अहिले पनि दिमागमा ताजै छ । त्यो क्षण सम्झँदा अहिले पनि मुटु दुख्छ ।
बिदा सकिएर कर्म देश फर्कने बेला ठिक्क नेपालमा दोस्रो पटक लकडाउनको तयारी थियो । सरकारले निर्णय गरिसकेको थियो । मैले देश छाडेको भोलिपल्टदेखि लकडाउन हुँदै थियो ।
विदेश उड्न घरबाट काठमाण्डौको यात्रा गर्दा विभिन्न समस्याहरू झेल्न पर्यो । गाडीको लामो लाम थियो । सबै जना हतारमा थिए । मलाई पनि पोखराबाट काठमाण्डौ पुग्न १६ घण्टा लाग्यो ।
अवस्था सामान्य हुँदा ५ देखि ७ घण्टामा हामी पोखराबाट काठमाण्डौ पुग्थ्यौँ । तर अहिले कोरोनाकै कारण १६ घण्टा झेल्न पर्यो बाटोमै । बाटोमा गाडीको लाम र मानिसको भीड यस्तो थियो कि कल्पना गर्न नसकिनेखालको थियो ।
जसोतसो परदेशी भूमिमा आइयो । अब त सुखले काम गर्न पाइएला, यो कोरोनासँग डराउन नपर्ला भन्ने सोच्दा सोच्दै फेरि त्यही दिन आउला जस्तो छ ।
अहिले नेपालमा भन्दा पनि हामी श्रमिक काम गर्ने देशमा कोरोनाको सङ्क्रमण धेरै छ । यसले हाम्रो रोजगारीमा असर गर्छ कि भन्ने अर्को डर छ ।
पहिलेजस्तै उडानहरू रद्द पो हुने हुन् कि भन्ने अर्को चिन्ता छ ।
फेरि मानिसहरूले अस्पतालमा बेड नपाएको, अक्सिजन नपाएर छटपटाएको सुन्न नपरे नि हुन्थ्यो जस्तो लाग्छ । तर खै समय हाम्रो हातमा नहुँदो रहेछ ।