पहिलो चौमासिकमा राजस्व सङ्कलन बढ्यो

 मंसिर ६, २०८१ बिहीबार १८:१७:३६ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व सङ्कलन गएको आर्थिक वर्षको यही अवधिको तुलनामा झन्डै १७ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत विवरण अनुसार गएको वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएकोमा चालू आर्थिक वर्षको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । तर सरकारले लक्ष्य अनुसार राजस्व उठाउन भने सकेको छैन ।

चालू आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा चार खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । चालू आर्थिक वर्षको वार्षिक राजस्व सङ्कलनको लक्ष्य भने १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्त्वपूर्ण रहेको भन्दै करको दायरा विस्तार, बक्यौता असूली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्रीले कर सङ्कलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया