पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
दैलेख – दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको बोक्सीको आरोपमा हत्या भएको छ ।
भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले कर्णबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै हिजो बेलुका भुवनसिंहले कर्णबहादुरको घरमै पुगी हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर सुनारले बताउनुभयो ।
कर्णबहादुरको शव दुल्लू अस्पतालमा पोस्टमार्टम गरिएको र आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।