चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय गाडी हस्तान्तरण

 मंसिर ८, २०८१ शनिबार १८:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा रहेको चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय गाडी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मन्त्री सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको बताउनुभयो । उहाँले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रूपमा रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय गाडी उपलब्ध गराएकामा आभार प्रकट गर्नुभयो ।

यस्तै कार्यक्रममा चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्त्वपूर्ण नतिजा हासिल भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया