नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल श्रीलङ्कासँग ७० रनले पराजित

 मंसिर ८, २०८१ शनिबार १७:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो ।

यसअघि पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले ४ विकेट गुमाएर १ सय ९५ रन बनायो । श्रीलङ्काका दमिथ सन्दारुवानले नटआउट सय रन बनाए । नेपालका सुनिल राना मगर र सुनिल सुवेदी क्षेत्रीले १/१ विकेट लिए ।

नेपालले दोस्रो खेलमा भोलि बङ्गलादेशसँग, तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग, चौथो खेलमा आउँदो मङ्गलवार दक्षिण अफ्रिकासँग र पाँचौं खेलमा बुधवार आयोजक पाकिस्तानसँग खेल्नेछ । नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो ।

लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ ।

चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरू लाहोर र मुल्तामा हुनेछन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया