दिनेश खड्की

प्रश्न : म्यानपावर कम्पनी गतिलो छ वा छैन कसरी थाहा पाइन्छ ? यदि म्यानपावरले ठगी गरे वा अप्ठ्यारो पारेको खण्डमा कहाँ कसरी कार्बाही गर्न सकिन्छ ?


 

उत्तर : वार्षिक रुपमा नविकरण भएका र बैदेशिक रोजगार विभागमा दर्ता भएका म्यानपावर कम्पनीलाई मात्र भरोसा गर्नुपर्छ । कुनैपनि समयमा म्यानपावरले कुनै गल्ती गरेको छ भने त्यो म्यानपावर कार्वाहीमा परेको हुन्छ । कालो सूचीमा परेको हुन्छ । त्यस्तो म्यानपावरबाट जाने प्रयत्न नगर्नुहोला । बैदेशिक रोजगार विभागको वेवसाईट धधध।मयाभ।नयख।लउ बाट सुचिकृत भएका म्यानपावरहरुको सूची, नाम र नम्बर छन् । ती म्यानपावर कम्पनीहरुबाट जान सक्नुहुन्छ । त्यहि वेवसाइटमा राखिएको श्रमको खोजी सम्बन्धी सूचना मार्फत कुन देशमा कति कामका लागि कोटा खुलेको छ लगायतका विवरण लिन सकिन्छ ।