सृजना

प्रश्न: बिदेशमा अलपत्र पर्दा सबैभन्दा पहिला कुन निकायलाई खबर गर्नुपर्छ ? 


 

उत्तर: विदेशमा अलपत्र पर्नेको हकमा श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर विदेश गएकाहरुलाई मात्र हेर्छ । पढ्न वा घुम्न गएकालाई श्रम मन्त्रालयले हेर्दैन । तर पनि नेपाल सरकारको परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभाग छ । तपाईंले त्यहाँ जानकारी गराउनु भयो भने त्यहाँबाट विदेशको निकायमा खबर गरी खोज्ने कार्य शुरु गर्न सकिन्छ । यदि श्रम स्वीकृति लिएर जानुभएको हो भने आप्रवासी श्रोत केन्द्रबाट पनि खोजी गरिन्छ । त्यस्तै, पालिकाहरुमा अहिले रोजगार सेवा केन्द्रहरु छन्, त्यहाँबाट पनि खोजी गर्न सकिन्छ । कागजपत्र तयार पार्न सकिन्छ ।