सुरज पन्त 

प्रश्न: बैदेशिक रोजगारीमा जानका लागि कस्तो सीपहरु सिक्न आवश्यक हुन्छ ?


 

उत्तर:

कस्तो सीप सिकेर विदेश जाने भन्ने कुरा तपाईं कुन देश के कामका लागि जाँदै हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । मानौं तपाईं कुनै निमार्णसँग सम्बन्धीत कामका लागि विदेश जाँदै हुनुहुन्छ भने सोही अनुसारको सीप सिक्नुपर्यो । यसका लागि तपाईंले नेपाल सरकारले उपलब्ध गराउने सिटीइभिटीबाट सीप परिक्षण हुन्छ । सीप परिक्षण गर्न सक्नुहुन्छ । प्रमाणपत्र पनि पाउनुहुन्छ । देश अनुसारका धेरै सीप छन् तपाईं आफूलाई सिक्न मनलागेको सीप सिक्नुहोस् ।