खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
ललितपुर – ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ । पाटन मल्टिपल क्याम्पसले 'फर्स्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक २०२४' (एफआईसीसी) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु गरेको हो ।
आजदेखि शुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ ।
अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासनजस्ता नयाँ विषय जोडिएकाले यी विषयमा नवीन ज्ञान आर्जन र साझा गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको आयोजकले बताएको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाण्डौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न आङ्गिक/सम्बन्धन क्याम्पस तथा विभागको संलग्नता रहेको छ । सम्मेलनका लागि कुल ३८ वटा अनुसन्धान पत्र छनोट भएका छन् । सम्मेलनमा दुई जना विज्ञ वक्ताबाट 'किनोट लेक्चर' र पाँच जना विज्ञ सम्मिलित एउटा प्यानल छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।