'एमडीएमएस' खरिदमा भ्रष्टाचार : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर

९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगाे माग

 चैत १५, २०८० बिहीबार १७:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष, निर्देशक, उपनिर्देशकलगायत १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ रुपैयाँ बराबरको बिगो मागदाबीसहित विशेष अदालतमा आज भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा आयोगले प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झा, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाएको हो । अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै अनियमितता गरेको आरोपमा दुई वटा कम्पनी र प्रतिनिधिविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सरकारी कर्मचारी र अन्य सरोकारवाला कम्पनीहरूको हकमा फरक–फरक दाबी रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया