६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
स्वीट्जरल्याण्डका टेनिस स्टार रोजर फेडेरर एटीपी फाइनल्सको सेमिफाइनलमा पुगेका छन् । दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई हराउँदै फेडेरर अन्तिम चारमा स्थान बनाउन सफल भए ।
६ पटकका च्याम्पियन फेडेरर १५औं पटक एटिपी फाइनल्सको सेमिफाइनलमा पुगेका हुन् । यो जितका कारण फेडेररको फाइनल पुग्ने सम्भावना पनि प्रवल बनेको छ ।
सेमिफाइनलमा उनले शीर्ष वरियताका नोभाक जोकोभिचसँग खेल्नु नपर्ने सम्भावना बढेको छ । पहिलो खेलमा जापानका केई निशिकोरीसँग पराजित भएका जोकोभिचले दोस्रो खेलमा अष्ट्रियाका डोमिनिक थिमलाई हराएका थिए ।
अघिल्लो दुई खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका एन्डरसनलाई फेडेररले ६–४ र ६–३ को सोझो सेटमा हराए । यता जोकोभिचले दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
अन्तिम खेलमा उनले क्रोएसियाका मरिन सिलिचलाई हराएमा समूहको विजेता बन्नेछन् । जर्मनीका अलेक्सान्दर भेरेज, अमेरिकाका जोन इस्नर र मरिन सिलिच भने सेमिफाइनलमा स्थान बनाउनका लागि संघर्षरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।