बात्शुयाईको दुई गोलमा बेल्जियम विजयी

 कात्तिक ३०, २०७५ शुक्रबार १०:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

युईएफए नेसन्स लिगमा बेल्जियमले आइसल्याण्डलाई २–० ले हराएको छ । जितसँगै बेल्जियम तीन खेलबाट नौ अंक बनाउँदै शीर्ष स्थानमा छ । अघिल्लो तीन खेलमा पराजित हुँदै रेलिगेसनमा परिसकेको अइसल्याण्डलाई हराउनका लागि दुबै गोल मिची बात्शुयाईले गरेका थिए । 

ब्रुसेल्सस्थित घरेलु मैदानमा पहिलो हाफमा गोल हुन सकेन । ६५औं मिनेटमा बात्शुयाईले गोल गर्दै बेल्यिमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिरले मिलाइदिएको बललाई गोलमा परिणत गरेका थिए । 

८१औं मिनेटमा बात्शुयाईले अर्को गोल गरे । थोर्गन हाजार्डको पासमा हान्स भानाकेनले प्रहार गरेको सट आइसल्याण्डका गोलकिपरले बचाएका थिए । तर उनको हातबाट फर्किको बललाई बात्शुयाईले गोल गरे ।
 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया