अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भीर आरोप लगाउनुभएको छ ।
उहाँले प्रधानमन्त्रीले कामभन्दा बढी कुरा गरेको बताउँदै आफूमा शक्ति केन्द्रित गर्न उद्धृत रहेको बताउनुभयो । केसीले भन्नुभयो, ‘उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तीव्र रुपमा विकसित भएको छ ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भन्नुभयो, ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुटको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ ।’
नेता केसीले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहत केन्द्रित गरेकोमा पनि आपत्ति जनाउनुभयो, ‘यो ९ महिनामा सरकारले के चाहिँ राम्रो काम गर्यो त ? वृद्धभत्ताको कुरा उठाउँदा–उठाउँदै म त थाकिसकेँ ।
सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौँ, कारबाही गर्छौँ भनेर चर्को स्वरमा बोल्नुभयो । तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिस्पर्धा दिइयो ? वाइडबडीको विवाद त्यस्तै छ । साढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’
केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भए पनि जरैकिला उखल्नेगरी काम गर्न वर्तमान सरकारलाई केले रोक्यो भनेर प्रश्न गर्नुभयो । त्यस्तै सरकारले सिण्डिकेटको अन्त्य गरेको भने पनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उहाँको आरोप छ ।
पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउने गरी मन्त्रिपरिषद बैठकका निर्णयहरु लुकाउने काम यो सरकारले गरेको भन्दै केसीले कडा आपत्ति जनाउनुभयो ।
उहाँले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ११२ दिन भैसक्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्मलाका बुवाआमा अनसन बस्नुभएको छ । उहाँहरु बिरामी पर्नुभएको छ । तर, सरकारले हत्यारा पत्ता लगाउन सकेन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।