अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
कञ्चनपुर – सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले निर्मलाको हत्याकाण्डमा काम अनुसारको परिणम नदेखिएको बताउनुभएको छ ।
शुक्रबार धर्नामा बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कञ्चनपुर पुग्नुभएका कानुनमन्त्री शाहले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि त्यसको परिणाम भने नदेखिएको बताउनुभयो ।
‘यो घटनालाई सरकारले गम्भीरताका साथ हेरेको छ’, मन्त्री शाहले भन्नुभयो ‘तर अहिलेसम्म दोषी पत्ता लाग्न नसेकाले काम नै नगरेजस्तो देखियो ।’
उहाँले दोषी पत्ता लगाउन प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरिरहेकोसमेत बताउनुभयो ।
‘हामीले आफ्नो तर्फबाट सम्बन्धित निकायमा निर्देशन दिइसकेका छां’, उहाँले भन्नुभयो ‘त्यो सँगसँगै यसबारेमा केन्द्रीय सरकारसँग पनि कुरा भइरहेको छ ।’
पीडित परिवारलाई आश्वासन दिँदै दोषी कुनै पनि अवस्थामा नउम्किने बताउँदै पीडित परिवारलाई स्वास्थ्यको ख्याल गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।
मन्त्रीसँग कुराकानीका क्रममा निर्मलाकी आमा दुर्गादेवी पन्तले यस्ता जघन्य घटना रोक्नका लागि प्रदेश सरकारले कडा कानुन बनाउनु पर्ने सुझावसमेत दिनुभएको थियो ।
गएको आइतबारदेखि कञ्चनपुरमा रहेको जिल्ला प्रशासन कार्यालयको गेट अगाडि दोषी पक्ता लगाउन माग राख्दै निर्मलाका परिवारले अनिश्चितकालिन धर्ना सुरु गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।