विपद्पछिको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
पुस २९, २०८१ सोमबार
ब्राजिलमा डेङ्गीका कारण साढे चार महिनामै १६ सय जनाभन्दा धेरैको ज्यान गएको छ । गएको जनवरीयता १६ सय एक जनाको ज्यान गएको पुष्टि भएको र अरू दुई हजार जनाको मृत्युबारे अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ब्राजिलभर अहिले ३५ लाख जनाभन्दा धेरैलाई डेङ्गी लागेको पुष्टि भएको छ । हरेक एक लाख जनामध्ये १७ सय ४१ जनामा डेङ्गी देखिएको चिनियाँ समाचार संस्था सि्न्हवाले जनाएको छ ।
ब्राजिलमा गएको वर्ष डेङ्गीबाट ज्यान गुमाउनेको तुलनामा यो वर्षको चार महिनामा ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशत धेरै छ । गएको वर्ष ११ सय ७९ जनाको ज्यान गएको थियो ।
डेङ्गीबाट २० देखि २९ वर्ष उमेर समूहका मानिस धेरै प्रभावित भएका छन् । सरकारले डेङ्गीविरुद्धको खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन नागरिकसँग आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।