विपद्पछिको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

 पुष २९, २०८१ सोमबार ९:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले योजना स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा.भीष्मकुमार भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया शुरू गरी पुनःनिर्माण थानली हुने छ ।

क्षतिको विस्तृत आँकलन (डीडीए) नभएका क्षेत्रमा पनि माघ २ गतेदेखि डीडीएको प्रक्रिया शुरू गर्ने निर्णय भएको छ ।

बैठकले डोटी तथा जाजरकोट केन्द्रबिन्दु भई भएको भूकम्प पञ्चातको क्षति आँकलन, निजी आवास पुनःनिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको भुसालले बताउनु भयो ।

यस्तै बैठकले २०८० सालको वैशाख यता विपद्मा परेर बेपत्ता भएकाहरुको परिवारलाई पनि मृतकको सरह राहत दिने निर्णय गरेको छ ।   
  

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया