१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू गरेको छ । यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग गरिएको छ । यसले रेलको अगाडिको भागको तौल २५ प्रतिशत र बोगी अर्थात डब्बाहरुको तौल ५० प्रतिशतले घटाउँछ ।
रेलका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक रेलको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताउनुभयो । यसले गर्दा वार्षिकरूपमा एक सय ३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।
विशेषगरी कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । यसको संरचनाको स्थायित्व बढाउँछ । यस रेलको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ । रेलमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।