बाग्लुङमा शहीद मार्ग स्तरोन्नति नहुँदा नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य

 पुष २९, २०८१ सोमबार १२:३७:३४ | रासस
unn.prixa.net

कास्की – बाग्लुङमा शहीदका नाममा बनेको सडक वर्षाैं बित्दासमेत स्तरोन्नति हुन नसक्दा नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने शहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।

पालिकालाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप यो सडक चार वर्षअघि नै कालोपत्रका लागि छनोटमा परेको थियो ।

स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको निर्णय कार्यान्वयनमा भने आउन नसकेको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ ले बताउनुभयो । सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना अलपत्र परेको उहाँको भनाइ छ ।

२० किलोमिटर दूरीको सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश भएका छन् ।

जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर सडक मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘शहीद मार्ग’ को नाम दिएको थियो । मार्ग खुलेको वर्षाैं बित्सासमेत सडक विस्तार र कालोपत्र हुन नसकेको हो ।

सडक स्तरोन्नति भएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्नुका साथै लोकमार्ग हुँदै गण्डकी प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया