काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पा...
पुस २९, २०८१ सोमबार
अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ ।
नेपाली समयअनुसार आज बिहानसम्ममा ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्यालिफोर्नियाका मौसमविद्हरूले यो क्षेत्रमा थप तीव्र हावा चल्ने भएकाले आगलागी अझै फैलन सक्ने चेतावनी दिएका छन् । अझै धेरै ठाउँमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । दमकल, हेलिकप्टरमार्फत आगो निभाउने प्रयास भइरहेको खबरमा उल्लेख छ ।
आगलागीका कारण इटन र पालिसेड्स क्षेत्र बढी प्रभावित भएका छन् । आगलागीका कारण सबैभन्दा बढी क्षति भएको पालिसेड्समा २३ हजार एकड जमिनभन्दा बढी क्षेत्र जलेको छ ।
अमेरिकको एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।