कर्णाली प्रदेशका वडामा १० प्रतिशत मात्र पूर्ण विद्युतीकरण

 पुष २९, २०८१ सोमबार १३:१:३७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कर्णाली प्रदेशका सात सय १८ वडामध्ये ७० वडा अर्थात् १० प्रतिशत वडामा मात्र पूर्ण विद्युतीकरण भएको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका अनुसार चार सय १७ वडा अर्थात् ६६ प्रतिशत वडामा आंशिक विद्युतीकरण पुगेको छ । त्यस्तै कर्णाली प्रदेशका एक सय ७७ वडा अर्थात् २५ प्रतिशत वडामा अझै विद्युत् पुग्न सकेको छैन ।

विद्युतीकरण नभएका कर्णालीका एक सय ७७ वडा कार्यालयहरूले सोलारको भरमा नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएका छन् ।

सुर्खेत पुन्चपुरी नगरपालिका १ र ७, चौकुने गाउँपालिका १, २, ३, ४ र ५, बराहाताल गाउँपालिका ३, ४ र ६, सल्यानको वनगाडकुपिण्डे नगरपालिका १२, जाजरकोटको छेडागाड नगरपालिका २, ३, ४, ७, ८, ९ र १०, त्रिवेनी नलगाड नगरपालिका ९ र १३, कुसे गाउँपालिका वडा नम्बर ५ बाहेकका ८ वडामा विद्युतीकरण हुन सकेको छैन ।

त्यस्तै जुनिचाँदे गाउँपालिकाको वडा नम्बर ५ बाहेका १० वडा, बारेकोट गाउँपालिका ८ र ९ बाहेका ७ वडामा पनि विद्युतीकरण भएको छैन ।

कालीकोटको पचालझरना गाउँपालिका २, महाबै गाउँपालिका ५, जुम्ला कनकासुन्दरी गाउँपालिका १, २, ४ र ८, सिन्जा गाउँपालिका १, २, ४ र ६, हिमा गाउँपालिका ३ र ६, तीला गाउँपालिका ६, ८ र ९, गुठीचौर गाउँपालिका १ र २ वडामा विद्युतीकरण भएको छैन ।

डोल्पाका डोल्पोबुद्ध, सेफोक्सुण्डो, जगदुल्ला, मुड्केचुला,काइके र छार्काताङसोङ्ग गाउँपालिकाका ४३ वडा, रुकुम पश्चिमको सानीभेरी १० र ११, दैलेखकाे आठबीस नगरपालिका २, ५ र ९, ठाँटीकाँध ४ हुम्लाको नाम्खा २, ३, ४, ५ र ६, खार्पुनाथ २ र ३, सर्केघाट गाउँपालिकाका ८ वडा, चंखेली गाउँपालिकाका ६ वडा, अदानचुली गाउँपालिकाका ६ वडा र ताजाकोट गाउँपालिकाका ५ वडामा पनि विद्युतीकरण हुन सकेको छैन ।

मुगुको छाँयानाथरारा नगरपालिका ९, १० र ११, मुगु मकार्मारोङ गाउँपालिकाका ९ वटै वडा सोरु गाउँपालिकाका ११ वटै वडा र खत्याड गाउँपालिकाका ११ वटै वडामा विद्युतीकरण हुन सकेको छैन । यी पालिकाहरूमा विद्युतीकरणको अभावमा विद्युतीय माध्यमबाट गर्नुपर्ने कामकाज हुन सकेका छैनन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया