६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाडाैं - राष्ट्रिय खेलकुद परिषद् राखेप ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ताकाे रकम शनिबार प्रदान गरेको छ ।
पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले जनही १२ हजार नगद राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रदान गरे ।
एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए ।
गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा को अध्यक्षतामा बसेको राखेपको ११० औं बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडी सरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।
१९६४ एता गृष्मकालीन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन् ।
रकम हस्तान्तरणपछि सदस्य–सचिव विष्टले केही प्राविधिक कारणले पारा ओलम्पियन खेलाडीलाई भत्ता दिन ढिलाइ भएको बताउँदै आगामी दिनमा रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयाे ।
सदस्य–सचिव विष्टले रकम सानै भएपनि यस्ले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै मनोबल बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।