राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

 वैशाख ३०, २०८१ आइतबार १२:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएकाे छ । सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हाे ।

नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । एउटा अन्तरवार्तामा उहाँले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो ।

अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उहाँले पद त्याग्नुपर्ने अवस्था आएको हो । राष्ट्रपति पौडेलले नेपालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोधपुछ गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया