बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गर्नुभएको हो ।
कार्कीको पक्षमा ५७ मत परेको छ । नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । आजको बैठकमा ६२ जना सांसद उपस्थित भएकामा राप्रपाका सांसद तटस्थ बसे ।
मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल विश्वासको मत लिन नहुने भन्दै कांग्रेसले आजको बैठक बहिष्कार गरेको हो । कार्कीविरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेसी तोकिएको छ ।
हिक्मत कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो । आफू मुख्यमन्त्री छँदाछँदै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस नेता एवम् निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।