आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : सुरक्षित वैदेशिक रोजगारीका ल...
पुस ३, २०८१ बुधबार
वैज्ञानिकहरुले किलोग्रामको परिभाषा परिवर्तन गरेका छन् । परिवर्तन गरिएको नयाँ परिभाषालाई ५० वटाभन्दा बढी देशले समर्थन जनाइसकेका छन् ।
अहिले प्लाटिनमबाट बनेको एउटा सिलको वजनलाई किलोग्रामका रुपमा बुझ्ने गरिएको छ । जसलाई ‘ली ग्राण्ड के’ नामले चिनिन्छ । यस्तो एक सिल पश्चिमी पेरिसमा रहेको इन्टरनेसनल ब्यूरो अफ वेट्स एन्ड मेजर्स (बीआईपीएम) सँग सन् १८८९ देखि रहेको छ ।
फ्रान्सको भर्साइल्समा ‘वेट एन्ड मेजर्स’ का सम्बन्धमा एक सम्मेलन गरिएको थियो । सम्मेलनमा कैयौं वैज्ञानिकहरु सहभागी थिए । सम्मेलनमा वैज्ञानिकहरुकालाई किलोग्रामको परिभाषा बदल्न भोटिङ गर्न आह्वान गरिएको थियो ।
वैज्ञानिकहरुले किलोग्रामलाई यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाको आधारमा परिभाषित गर्नुपर्ने मत राखेका थिए ।
यूकेको नेशनल फिजिकल ल्याबोरेट्रीका वैज्ञानिक पेर्डी विलियम्सले यसबारे भनेकी छिन् ‘म यो प्रोजेक्टसँग जोडिएको छैन, म किलोग्रामको मापन मन पराउँछु । नयाँ तरिकाले निकै राम्रोसँग काम गर्नेछ । यो आफैंमा महत्वपूर्ण समय एउटा राम्रो कदम पनि हो ।’
किलोग्रामको परिभाषामा परिवर्तन आए पनि मानिसहरुको दैनिक जीवनमा यसको कुनै प्रभाव नपर्ने बताइएको छ । तर, उद्योग र विज्ञानमा यसको व्यवहारिक प्रयोग हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय मात्रक प्रणालीमा किलो सात बेसिक युनिट्समध्ये एक हो । तीमध्ये अन्य चार – किलो, एम्पिएर (विद्युत प्रवाह), केल्विन (ताप) र मोल (पार्टिकल नम्बर) । किलोग्राम अन्तिम एसआई बेस युनिट हो जुन अहिलेसम्म एक फिजीकल अब्जेक्टमा परिभाषित छ ।
‘ली ग्रान्ड के’ लन्डनमा बनेको ९० प्रतिशत प्लेटिनम र दस प्रतिशत इरिडियमबाट बनेको ४ सेन्टीमिटरको एक सिलिन्डर हो ।
किलोग्राम र स्तर मापनका लागि संसारभरमा प्रोटोटाइपको उपयोग गरिन्छ । सामान्य जीवनमा यस खालको सामान्य परिवर्तन देखिँदैन । तर वैज्ञानिक गणनाहरुका लागि यो ठूलो समस्या हो ।
भविष्यमा किलोग्रामलाई किब्बल वा वाट ब्यालेन्सको उपयोग गरेर नापिने छ । एउटा यस्तो उपकरण जसले यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाका उपयोग गरेर गणना गर्छ । यसपछि अब किलोग्रामको परिभाषा न परिवर्तन गर्न सकिने छ न यसबाट कुनै नोक्सान नै हुन्छ ।
यसले फ्रान्समा मात्रै होइन, संसारको कुनै पनि ठाउँमा वैज्ञानिकहरुलाई एक किलोको निश्चित माप उपलब्ध गराउँछ । यूकेको राष्ट्रिय मानक प्रयोगशालाका शोध निर्देशक थिओडोर जोनसेन भन्छन्, ‘वैज्ञानिक नापमा एसआईलाई पुनः परिभाषित गर्नु एक सम्झनलायक पल हो ।’
एक पटक लागू भएपछि सबै एसआई यूनिट ‘फन्डामेन्टल कन्स्टेन्ट’को प्रकृतिमा आधारित हुन्छ, जसको अर्थ सधैंका लागि तय हुन्छ र यसले अझै निश्चित माप गर्न सक्छ ।’
नयाँ किलोग्राम मे २०१९ बाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यो इलेक्ट्रन पम्पको माध्यमबाट गरिने छ जहाँ एकपटक प्रवाहित विद्युतबाट औसत करेन्ट उन्पन्न गर्छ र विद्युतको गणना गर्छ ।
केल्विन (तापमान यूनिट) लाई परिभाषित गर्न ध्वनिका लागि प्रयोग हुने थर्मोमिटरको प्रयोग गरिन्छ जसले एक निश्चित तापमानमा ग्यासबाट भरिएको क्षेत्रमा ध्वनिको गतिको माप लिन्छ ।
पदार्थको मात्राको मापनका लागि मोल (पार्टीकल नंबर) एकाइको प्रयोग गरी यसलाई परिभाषित गरिनेछ । जसले शुद्ध ‘सिलिकन २८’ मा सही परमाणुको मात्रा निर्धारण गर्नेछ ।
–बीबीसीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।