नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज

 पुष ३, २०८१ बुधबार ६:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ । यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो ।

आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल पर्सि शुक्रवार हुनेछ ।

१९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया