सहकारी ठगी : लेखा समिति सभापतिकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी

 पुष २, २०८१ मंगलबार १७:२३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारीको रकम ठगी गरेको आरोपमा सङ्घीय संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलनको आरोपमा अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सात दिनभित्र प्रतिवादीहरू पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र प्रतिवादीको घरमा तामेली गर्नेछ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा उनीहरूविरुद्ध २२ करोड रुपैयाँ बिगो माग गरिएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया