संसदीय छानबिन समितिको कार्यादेश टुङ्गाे लाग्याे, गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको पनि छानबिन हुने

 जेठ १५, २०८१ मंगलबार १४:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे टीओआर टुङ्गो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

कार्यादेशमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ ।

संसदीय समितिले २० वटा समस्याग्रस्त र गैरकानुनी तरिकाले लगानी गर्ने नौ वटा सहकारी संस्थाको छानबिन गर्नेछ । संसदीय समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवम् वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ । सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त र सावजनिक रूपमा प्रश्न उठेका सहकारीको नाम पनि राखिएको छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया