गृह मन्त्रालयकाे बजेट एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

 जेठ १५, २०८१ मंगलबार १८:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदाे आर्थिक वर्ष २०८१/८२ का लागि गृह मन्त्रालयले १ खर्ब ९९ अर्ब २४ कराेड रुपैयाँकाे बजेट पाएकाे छ ।

यस्तै सरकारले सुरक्षाकर्मीको सेवा निवृत हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । यसैगरी अध्यागमन प्रणाली प्रविधियुक्त बनाई अत्याधुनिक बनाउने अर्थमन्त्री वर्षमान पुनले बताउनुभयो ।

सरकारले अनलाइनमार्फत ई–भिसा दिन सक्ने प्रणाली लागू गर्ने जनाएको छ । निर्माणाधीन एक हजार तीन सय ७० जना क्षमताको नुवाकोट कारागारलाई सञ्चालनमा ल्याउने पनि जनाएको छ ।

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया