कसैको अनुहार हेरेर करका दर हेरफेर गरेकाे हैन : अर्थमन्त्री पुन

 जेठ १६, २०८१ बुधबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताउनुभएको छ । हिजो संसदमा पेश गरेको बजेटबारे आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आउँदो आर्थिक वर्षको बजेट ल्याएको बताउनुभयो ।

पालिकामा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापनालगायतका लक्ष्य बजेटमार्फत लिइएको उहाँको भनाइ छ । यस्तै अर्थमन्त्री पुनले कसैको अनुहार हेरेर करका दर हेरफेर नगरेको दाबी पनि गर्नुभयो । कच्चा पदार्थअनुसार नै भन्सार दर र अन्तःशुल्क कायम गरिएको भन्दै उहाँले करका दर औचित्यसहित परिवर्तन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताउनुभयो । उहाँले बजेटमा केही प्राविधिक त्रुटि देखिए पनि अन्य हिसाबले सही रहेको दाबी गर्नुभयो ।

अर्थमन्त्री पुनले बजेट बोक्ने झोला नेपाली प्रयोग भएको र अब आफ्नो मन्त्रालयमा नेपाली फर्निचर मात्रै प्रयोग गर्ने योजना रहेको समेत बताउनुभयो ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया