न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर थोरै घट्ने प्रक्षेपण गरेको छ । यो वर्ष बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने आइएलओको अनुमान छ । सन् २०२३ मा यो पाँच प्रतिशत थियो । आइएलओले एक प्रतिवेदनमा श्रम बजारमा विश्वव्यापी रुपमा असमानता कायम रहेकाले कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा अवसरबाट बञ्चित रहेका जनाएको छ ।
प्रतिवेदनअनुसार अहिले विश्वमा १८ करोड ३० लाख मानिस बेरोजगार रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कम आय भएका देशहरूमा १५ दशमलव तीन प्रतिशत पुरुषहरू बेरोजगारीको समस्यामा हुँदा २२ दशमलव आठ प्रतिशत महिलाहरु समस्यामा रहेको पाइएको छ ।
यस्तै उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू रोजगारमा रहेका उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।