कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

 जेठ १८, २०८१ शुक्रबार १५:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) लाई पक्राउ गरेको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभयो ।

कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपचलन गरेको आरोप लागेपछि लामा फरार थिए । उनले दुई करोड रुपैयाँ ठगी गरेको भनी उजुरी परेको प्रहरीले जनाएको छ ।

काभ्रेका लामाले काठमाण्डाैमा कान्तिपुर सहकारी स्थापना गरेका थिए । सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको आरोप छ । कान्तिपुर सहकारीमा आठ सय ५२ जना बचतकर्ताको रकम डुबेको छ ।

लामाले अहिले आफू अध्यक्ष रहेको पशुपति सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लागेको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया