इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

 माघ ५, २०८१ शनिबार १९:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इरानलाई हराउँदै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई  ७२–२० ले हरायो । अब नेपालले आजै हुने भारत र दक्षिण अफिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।

यसअघिको खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै खो–खो विश्वकपको फाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । नेपाली पुरुष टोलीले समूह चरणकाे पहिलाे खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो । 

नेपाली महिला टोलीले हिजो भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो ।

नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोलीले अब आजै हुने भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया