अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

 जेठ १८, २०८१ शुक्रबार १५:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हाे । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि पाँच वटा बैठकमा दफावार छलफल भएको हो ।

विधेयकमा राष्ट्रिय महत्त्वका कागजात नेपालबाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपालबाहिर लानुपर्ने अवस्थामा मन्त्रिपरिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन् ।

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया