सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – चितवनको भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने गरी तयारी थालेको छ । सरकारले बजेटमार्फत् आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा पढाउने व्यवस्था गरेसँगै अस्पताल तयारीमा जुटेको हो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको जानकारी दिनुभयो ।
अस्पतालको जग्गामा रहेको सिटिइभिटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सिटिइभिटीमा पत्राचार भइसकेको बताउनुभयो । दुई तले संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
सरकारसँग ५५ करोड थप बजेट माग गरेको र २५ करोडको लागतमा भवन निर्माण गरिने उहाँको भनाई छ । अध्यक्ष पौडेलकाअनुसार बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गरिनेछ । भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) को आङ्गिक क्याम्पसको स्वीकृति पाइसकेको छ । नेम्सअन्तर्गत एक सय विद्यार्थीलाई चिकित्सा शिक्षा पढाइने उहाँले बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) का उपकुलपति प्रा.डा भूपेन्द्रकुमार बस्नेत नेतृत्वको टोलीले भरतपुर अस्पतालको अनुगमन समेत गरेको छ । भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको नेम्सका उपकुलपति बस्नेतले बताउनुभयो ।
चितवनमा अहिले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा चिकित्सा शिक्षा पठनपाठन हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।