खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाडाैं – हालै अभिनेता शाहरुख खान छोरा अबरामका साथ अमिताभ बच्चनकी नातिनी आराध्याको जन्मदिन मनाउन बच्चन निवास गएका थिए ।
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्याको जन्मदिनमा लिइएका तस्बिरहरु यतिबेला विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् ।
यसैबीच अभिनेता अमिताभ बच्चनले शाहरुख खानका छोरा अबराम खानसँगको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेको कुरा अहिले चर्चामा रहेको छ । अमिताभले शाहरुख खानका छोरा अबराम अमिताभलाई शाहरुख खानको पिता ठान्छन् भन्ने कुराको खुलासा गरेका छन् ।
अमिताभले लेखेका छन्, ‘शाहरुख खानका कान्छा छोरा अबराम, जो यो सोच्छ र उनी ठान्दछन् की म शाहरुख खानको बुवा हूँ । साथै उनी यस कुरामा अचम्म मान्छन् की म शाहरुखको घरमा उनीहरुका साथ किन बस्दिनँ ।’
अमिताभ बच्चनले शेयर गरेको तस्बिरमा अबराम खान बच्चनसँग हात मिलाइरहेका छन् । अमिताभले शेयर गरेको तस्बिरमा अभिनेता शाहरुख खानले पनि धन्यवाद दिँदै अबराम बास्तवमै अमिताभलाई आफ्नो पिता मान्ने कुरा गरेका छ ।
शाहरुखले लेखेका छन्, ‘धन्यवाद सर, अबराम यस पललाई सधैँ याद गर्नेछ । अब राम जति पटक तपाईँलाई टीभीमा देख्छ, उ यो ठान्छ की तपाईँ मेरो पिता हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।