दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्ड...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमान खेलिरहेका छन् । केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा नामिबियाले टस जितेर सुरुमा फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरिरहेको ओमानले खराब प्रदर्शन गरेको छ । ओमानले निर्धारित २० ओभरको खेलमा ६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ३७ रन बनाएको छ । नामिबियाका रुबेन ट्रम्पेलमन एक्लैले ३ विकेट लिएका हुन् ।
विश्वकपमा आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् । यसअघि हिजो भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हराएको थियो । हिजै भएको पहिलो खेलमा भने कयनडा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।