काठमाण्डौ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

 जेठ २१, २०८१ सोमबार १४:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै न्यूराेडमा भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाण्डौले टालेको छ ।

आज बिहान सडक डिभिजन कार्यालयले काठमाण्डाै महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक टालिदिन महानगरलाई पत्र पठाएको भए पनि बेवास्ता गरेपछि आफैँले टालेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले कालाेपत्र गर्दै गरेको ठाउँमा नगर प्रहरी पुगेपछि केहीबेर विवादसमेत भएको थियो ।

यसअघि सडक डिभिजन कार्यालयले महानगरलाई भत्काएको सडक दुई दिनभित्र नटाले कारबाही गर्ने चेतावनीसहित पत्र पठाएको थियो ।

सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउनुभएको छ । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणसँग जोडेर आक्रोश व्यक्त गर्नुभएको छ ।

यसअघि फुटपाथ विस्तार रोकिदिएपछि काठमाण्डौ महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाण्डाैबाहिरको सडकमा धूलो थुपारिदिएको थियो । त्यस बेला मेयर शाहले चक्रपथको प्रसङ्ग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठमाथि प्रश्न उठाउनुभएको थियो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया