शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड

 जेठ २१, २०८१ सोमबार १५:१८:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

माेरङ – माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो ।

काठमाण्डाैलगायत शहरी क्षेत्रबाट तरकारीकाे रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड रुपैयाँको निगुरो बाहिरिने गरेको उहाँकाे भनाइ छ ।

सङ्कलकहरूले निगुराे प्रतिमुठा १५ रुपैयाँका दरले सङ्कलन केन्द्रमा बिक्री गर्छन् । सङ्कलन केन्द्रले प्रतिमुठा १७ रुपैयाँका दरले व्यापारीलाई दिने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा पनि जङ्गलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन् । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरी निगुरो टिप्नेहरूको भीड बढेका कारण कार्यविधिमा उल्लेख गरेर सङ्कलकहरूका लागि परिचयपत्रको व्यवस्था गर्ने तयारी गरेको बताउनुहुन्छ ।

जङ्गलबाट टिपिने भएकोले पूर्णरूपमा अर्गानिक हुने निगुरो स्वादिलो र स्वस्थ्यकर हुन्छ । कृषि विज्ञ डा. राजेन्द्र उप्रेती प्रोटिन, भिटामिन 'ए', क्याल्सियम लगायतका पोषक तत्त्व पाइने निगुरो निकै स्वस्थ्यकर तरकारी रहेको बताउनुहुन्छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया