दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्ड...
पुस २८, २०८१ आइतबार
टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हरायो । श्रीलङ्काले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका क्विन्टन डीककले २०, हेनरीक क्लासेन अविजित १९ तथा ट्रिस्टन स्टब्सले १३ र कप्तान एडन मारक्रमले १२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का १९ ओभर १ बलमा ७७ रनमा अलआउट भयो । उसका कुशल मेण्डिसले सर्वाधिक १९ रन बनाए । दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले समान दुई/दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।