च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नवलपरासी – चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घाँसे मैदान ब्यवस्थापन गर्दै आएको छ ।
निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्ने गर्छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानीय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था छ । यसलाई व्यवस्थापन गर्नका लागि नमूना मध्यवर्ती सामुदायिक वनले प्रत्येक वर्ष घाँसे मैदानको व्यवस्थापन गर्दै आइरहेको छ । नमूना मध्यवर्ती सामुदायिक वन भित्र एक सय २५ हेक्टर क्षेत्रफलको घासेमैदान रहेको छ ।
वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन् , उपयुक्त बास स्थान निर्माण होस भनेर सामुदायिक वनले घाँसे मैदानको व्यवस्थापन गर्दै आएको नमूना मध्यवर्ती सामुदायीक वनका सचिव द्रोपती गुरौले जानकारी दिनुभयो ।
घासेमैदानका कारण गैंडा ,मृग, हरिणलगायतका वन्यजन्तुको आहाराका लागि सहजता पुगेको सचिव गुरौले जानकारी दिनुभयो । वन्यजन्तुको लागि वासस्थान र आहार दुवै हुने भएपछि बस्ती पस्ने क्रम पनि कमी हुने विश्वास लिइएको छ ।
घासेमैदान पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । घासे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैंडालगायतका वन्यजन्तुको बासस्थान र चरन क्षेत्र बनेको छ । जसका कारण जीप सफारी, हात्ती सफारीमा आउने पर्यटक नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा फैलिएको घाँसे मैदान पुग्ने गरेका छन् ।
घाँसे मैदान सँगै नमूना मध्यवर्ती सामुदायिक वनले सिमसार क्षेत्रको समेत व्यवस्थापन गर्दै आइरहेको छ । वन क्षेत्रभित्र ७५ हेक्टर क्षेत्रमा सिमसार रहेको छ । वन्यजन्तुको संरक्षण र पर्यटकीय दृष्टिकोणले पनि घासेमैदान महत्वपूर्ण भएका कारण यसको व्यवस्थापनमा वन समूह लागि परेका छ ।
गएको वर्ष ३० हेक्टर क्षेत्रफलमा मिचाहा प्रकृतिको झार, विरुवाहरु व्यवस्थापन गरिएकोमा यस वर्ष पनि आउँदो जनवरीपछि निकुञ्जको अनुमतिमा व्यवस्थापन गरिने सचिव गुरौले जानकारी दिनुभयो । उहाँका अनुसार मिचाहा प्रकृतिका झार र विरुवा नहटाएमा घाँसे मैदान मासिन सक्दछ ।
यसैले दाताहरुको सहयोगमा यस वर्ष पनि झार व्यवस्थापनको योजना रहेको छ । घासेमैदान व्यवस्थापनका लागि कुनै स्रोत नजुटे उपभोक्ताहरुको सक्रियतामा भए पनि व्यवस्थापन गरिने उहाँले बनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।