कोरम नपुगेपछि विकास समितिको बैठक स्थगित

 मंसिर ४, २०७५ मंगलबार १४:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको छ । 

मंगलबार बिहान सिंहदरबारमा ११ बजेका लागि बोलाइएको बैठक आवश्यक संख्यामा समितिका सदस्यहरु उपस्थित नभएपछि स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

५१ प्रतिशत सदस्य उपस्थिति नभए समितिको बैठक बस्न नसक्ने समितिको कार्यविधिमा उल्लेख गरिएको छ । सभापति खड्काले सांसदहरु निर्वाचन क्षेत्रको बजेट विनियोजन गर्न जिल्लामा जानु परेको र भर्खरै दसैं, तिहार जस्ता चाडपर्व पनि सकिएकाले सांसदहरुको उपस्थितिमा कमी हुन आएको पनि स्पष्ट पार्नुभयो ।

समितिको आज बोलाइएको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको प्रगतिविवरण बारे छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर सदस्यहरुको आवश्यक संख्या नपुगेपछि समितिको बैठक स्थगित गरिएको छ । समितिको अर्को बैठक सूचना जारी गरेर बोलाइने पनि समितिकी सभापति खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया